Pura Samachar

अस्ट्रेलियाकाे लगातार दोस्रो जित

प्रकाशित: February 15, 2023
पूरा समाचार

अस्ट्रेलियाकाे लगातार दोस्रो जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा उपाधि दावेदार अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको समूह १ को दोस्रो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्‍याे।

पोर्ट एलिजाबेथमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै बंगलादेशले १०७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले १० बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको हो।

अस्ट्रेलियाको फराकिलो जितमा कप्तान मेग लनिङले ४८ रनको अविजित इनिङ खेल्दा एसलेइ गर्दनरले १९ रनमा नटआउट रहे। त्यस्तै, ओपनर एलेसा ह्यालीले ३७ रन बनाएकी थिइन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान निगर सुल्तनाले ५७ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।

बंगलादेशको यो लगातार दोस्रो हार हो। समूहमा श्रीलंका र अस्ट्रेलियाले समान २-२ जित निकालेका छन्।

प्रतिक्रिया