
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ स्थित सीमा ईलाकाबाट फागुन ३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको खडक
नगरपालिका १० बस्ने ३१ बर्षिय सुन्दर मण्डललाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सर्वपट्टीले डाईजेपाम ३४ एम्पुल, फेनारागन ३५ एम्पुल र नोफीन ३५
एम्पुलसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
प्रतिक्रिया