Pura Samachar

आज नेपाल र भारत दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा प्रतिस्पर्धा गर्दै

प्रकाशित: February 18, 2023
पूरा समाचार

आज नेपाल र भारत दोस्रो मैत्रीपूर्ण  महिला फुटबलमा  प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको  हो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो ।

गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।

प्रतिक्रिया