
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपुरेली किरात संघ द्वारा नवनिर्मित कार्यालयको आज उद्घाटन गरेको समाचार प्राप्त भएको छ।
किरात संघका मुल सचिव श्री राजेन राइ द्वारा जारी प्रेस सूचना अनुसार श्रीमती मीना बिष्ट प्रधान काङलातोमबि ग्राम पन्चायत श्री जीत बहादुर लिम्बु अध्यक्ष मणिपुरेली किरात संघ एवम् श्री अचोउ सिंह समाज सेवक /मुख्य अतिथि सभा अध्यक्ष र विशेष अतिथि रहेका थिए ।
किरातहरुको बिजुवाहरुले परम्परा अनुसार पुजा गरे पछि नवनिर्मित कार्यालय भवनको उद्घाटन भयो ।

मुख्य अतिथिको आसनबाट बोल्दै श्रीमती मीना बिष्टले भनिन कि मणिपुरको गोर्खा समुदाय माझ किरातहरु कम्ती भए पनि उनीहरुको योगदानको कमी छैन ।
उनले अगाडी थपिन कि हामीहरु पनि एक हुन सकियो भने धेरै ठुलो काम गर्न सकिन्छ ।जसको प्रेरणा हामीले किरात समुदायबाट पाउन सकिन्छ ।
यसै अवसरमा आफ्नो वक्तव्य प्रस्तुत गर्दै समाज सेवकले भने कि गोर्खा समुदाय माझ किरातहरुको योगदान इतिहास लेखिन्छ ।
यस अवसरमा संघका सचिब राजेन राइले पनि आफ्नो वक्तव्य प्रस्तुत गरे ।
प्रतिक्रिया