Pura Samachar

नेपाली राष्ट्रिय महिला फुटबल टोलीभारतसँग गोलरहित बराबरीमा

प्रकाशित: February 19, 2023
पूरा समाचार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीभारतसँग गोलरहित बराबरीमा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको छ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो।

यसअघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमाञ्चक बराबरी खेलेको हो।

नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो। ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो।

प्रतिक्रिया