भारतकै चर्चित टिभी शो ‘बिग बोस’को नयाँ संस्करण शुरु भएको छ । कलर्स टिभीबाट प्रशारण हुँदै आएको बिग बोस शनिवार रातीदेखी शुरु भएको हो ।
‘बिग बोस १४’को शुरुवातमै अभिनेता तथा शोका होस्ट सलमान खान थोरको हथौडा लिएर प्रबेश गरेका छन् । करिब ३ महिना चल्ने यस शोमा सलमान हतौडा बोकेर एन्ट्री गरेको देखेर धेरै फ्यानहरु खुशी भए ।
यस्तै सलमानले उक्त शोमा ज्योतिषीलाई आफ्नो विवाहको बारेमा पनि सोधेका छन् । सलमानले शोमा ज्योतिषीसँग भने – ‘तपाईले मेरो विवाहको कुरा गर्नुभएको थियो, के भयो ?’ उनले मेरो विवाहको योग कहिले छ ? भनेर पनि सोधे ।
त्यसको जवाफमा ज्योतिषीले तपाइको विवाहको योग टर्यो भनिदिए । त्यसपछि सलमान एकछिन नाचे । सलमानले यस बर्षको यस शोमा ४५० करोड रुपैयाँ डील गरेको बताइएका छ ।
प्रतिक्रिया