Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: February 20, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।

साताको पहिलो दिन आइतबार एक लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य एक लाख २ हजार ७ सय छ भने चाँदीको मूल्य एक हजार २ सय ९० छ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ, तेजाबी सुन एक लाख २ हजार र चाँदीको मूल्य एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया