Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: February 22, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं- नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य मंगलबारकै कायम रहेको छ।

आज चाँदीको मूल्य बढ्दा सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबारको तुलनामा सुनको मूल्य मंगलरबार दुईसय रूपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्य कायम छ।

यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य भने आज पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुईसय ९५ रूपैयाँमा खरिद-बिक्री भइरहेको छ।

मंगलबार चाँदीको मूल्य एक हजार दुईसय ९० रुपैयाँ कायम थियो।

प्रतिक्रिया