Pura Samachar

आज युरोपियन च्याम्पियन्स लिग फुटबलकाे अन्तिम १६ का २ खेल हुँदै

प्रकाशित: February 22, 2023
पूरा समाचार

आज युरोपियन च्याम्पियन्स लिग फुटबलकाे अन्तिम १६ का २ खेल हुँदै

काठमाडौं, फागुन १०

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगको अन्तिम दिन आज २ खेल हुँदैछन् । आज राति हुने २ खेलपछि पहिलो लेगका सबै खेल सकिएर दोस्रो लेगका खेल बाँकी रहनेछन् । आज हुने एक खेलमा जर्मनीको क्लब आरबी लेइपजिग र इंग्लिस क्लब म्यानचेस्टर सिटीको खेल हुँदैछ । युवा खेलाडीले भरिभराउ लेइपजिगले आज सिटीलाई कडा टक्कर दिनेवाला छ । यता, पाहुना टोली बनेर जाने सिटीलाई भने आज प्रमुख खेलाडीको चोटको पिरलो छ ।

Here’s How You Can Be Almost Rich Easily
Want better stock trading conditions?
Russian girls looking for a date

आज रातिको खेलमा सिटीका प्रमुख मिडफिल्डर केभिन डे ब्रुयानेसहित डिफेन्डरद्वय जोन स्टोनेस र एमेरिक लापोर्टे चोटका कारण खेल्नेछैनन् । यी ३ जनै खेलाडी घोषित टोलीमा समावेश छैनन् । यो सिजन प्रिमियर लिगका लगातार संघर्ष गरिरहेको सिटी च्याम्पियन्स लिगमा राम्रो गर्न चाहन्छ । तर, अक्सर सिटीलाई च्याम्पियन्स लिगमा नसोचेको टिमले स्वाहा बनाउँदै आएको विगत रहेकाले यसपटक अन्तिम १६ मा सिटीका लागि लेइपजिग नै खतरा हुन सक्छ ।

यता, आज हुने दोस्रो खेलमा इटालीको क्लब इन्टर मिलान र पोर्चुगलको क्लब पोर्टो भिड्नेछन् । यो खेलका लागि इन्टरले पोर्टोलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो सिजन घरेलु लिगमा निकै संघर्षपूर्ण अवस्थामा रहेको इन्टरका लागि पोर्टो सहज प्रतिस्पर्धी हुनेछैन । खेलअघि इन्टरका प्रशिक्षकले आफूहरूले आजको खेलमा उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन् । स्पेनको क्लब बार्सिलोनालाई समूह चरण्बाटै आउट गराएर युरोपा लिगका चिप्लाउनेमध्ये एक इन्टर अन्तिम आठ प्रवेशका लागि एक दाबेदार टिम हो ।

नेपाली समय र लाइभ बारे जानकारी

जर्मन क्लब लेइपजिग र इंग्लिस क्लब म्यानचेस्टर सिटी बीचको खेल लेइपजिगको घरेलु मैदान रेड बुल एरिना लेइपजिग रंगशालामा नेपाली समय अनुसार बिहानको १ः४५ बजेबाट सुरु हुनेछ । दोस्रो खेलमा इटालीको इन्टर मिलान र पोर्चुगलको पोर्टोको खेल पनि एकै समय १ः४५ बजेबाटै सुरु हुनेछ । नेपालमा च्याम्पियन्स लिगका खेलहरू सोनीका च्यानलमार्फत् प्रत्यक्ष प्रशारण हुनेछ । साथै, सोनीको एममार्फत् पनि पैसा तिरेर च्याम्पियन्स लिगका खेल हेर्न सकिने सुविधा छ ।

प्रतिक्रिया