Pura Samachar

महिला टी-२० विश्वकप:पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलिया र भारतबिच प्रतिस्पर्धा हुँदै

प्रकाशित: February 23, 2023
पूरा समाचार

महिला टी-२० विश्वकप:पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलिया र भारतबिच प्रतिस्पर्धा हुँदै

महिला टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज (बिहीबार) हुँदैछ ।

आज हुने पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलिया र भारतबिच प्रतिस्पर्धा हुँदैछ । अष्ट्रेलिया गत संस्करणको विजेता तथा भारत उपविजेता टोली हुन् ।

दक्षिण अफ्रिकास्थित केपटाउन यी टोलीबिचको खेल नेपाली समयानुसार साँझ ६:४५ बाट शुरु हुनेछ ।

अष्ट्रेलिया समूह ए को शिर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्दा भारतले समूह बी को उपविजेताको रुपमा समेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।

गत संस्करणको फाइनलमा भिडेका यी दुई टोलीबिचको खेल निकैनै प्रतिस्पर्धात्मक हुने अनमान गरिएको छ ।

यी दुई टोलीबिचको पछिल्लो पाँच टी २० खेलमा अष्ट्रेलियाले चार खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

महिला टी २० विश्वकपको यो आठौं संस्करण हो । आठौं संस्करणको फाइनलमा पुग्ने तयारीमा रहेको अष्ट्रेलिया ६ पटक फाइनल पुगेको थियो ।

पहिलो संस्कणरको विश्वकपमा फाइनल पुग्न असफल भएको अष्ट्रेलियाले त्यसयता प्रत्येकत संस्करण फाइनल खेल्दै आएको छ ।

यता गत संस्करणमा पहिलो पटक फाइनल खेलेको भारत भने आजको खेल जित्दै दोश्रो पटक विश्वकपको फाइनलमा पुग्ने योजनामा रहेको छ ।

अब शुक्रबार हुने दोश्रो सेमिफाइनल खेलमा आयोजक दक्षिण अफ्रिका र इंग्ल्याण्डबिच प्रतिस्पर्धा हुनेछ ।विश्वकपको फाइनल खेल आईतबार हुनेछ ।

प्रतिक्रिया