Pura Samachar

यूएईकाे नामिबियामाथी १ विकेटको संघर्षपूर्ण जित

प्रकाशित: February 23, 2023
पूरा समाचार

यूएईकाे नामिबियामाथी १ विकेटको संघर्षपूर्ण जित

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत यूएईले नामिबियालाई पराजित गरेको छ । यूएईले नामिबियामाथी १ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले दिएको ९२ रनको लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । यूएईका लागि आयान खानले अविजित ३५ रन बनाउँदा वृत्य अरबिन्दले १८ रन बनाए । कप्तान सीपी सिजवान र मुहम्मद वासिमले ११/११ रन बनाए । युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका लागि टाङ्गिनी लुगामिनीले ४ तथा रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३१.१ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनायो । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ४१ बलमा ३० रन बनाए । जेन ग्रिनले २८ बलमा २४ रन बनाउँदा माईकल भान १५ रनमा आउट भए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया