
सेयर बजारको परिसूचक नेप्से भने ५७.७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२ अंकमा कायम भएको छ । २ अर्ब ५२ करोडको कारोबार भयो । कुल १४ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने १ को स्थिर रह्यो ।
सबै उपसमूह घटेका छन् । बैंकिङ २४, विकास बैंक ५३, फाइनान्स १२, होटल तथा पर्यटन ९८, जलविद्युत् ५८, जीवन बीमा २१८, उत्पादन १०२, माइक्रोफाइनान्स ४१२, निर्जीवन बीमा १९८, अन्य ३० र ब्यापार उपसमूह ४५ अंक घटे । कारोबार रकमका आधारमा छिमेक लघुवित्त, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, साना किसान विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया