Pura Samachar

हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार शुरु

प्रकाशित: February 24, 2023
पूरा समाचार

हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार शुरु

काठमाडौं। हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी सेयर आदानप्रदान तय भएको हो। सम्झौतामाबमोजिम एकीकृत बैंकको नाम ‘हिमालयन बैंक’ नै छ। हिमालयनका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

सिभिल पूर्णरुपमा विलय भएको हो। सोपछिको संचालक समितिमा सदस्यहरु सबै हाल हिमालयनका नै हुने पनि सहमति भएको हो। अर्थात्, नयाँ बन्ने बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउँदै छन्।

मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो। मर्जरका कारण अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको ।

प्रतिक्रिया