Pura Samachar

सरकारले दिने आकस्मिक बिदाका दिनपनि बैंक तथा वित्तीय संस्था खुल्ने

प्रकाशित: February 24, 2023
पूरा समाचार

सरकारले दिने आकस्मिक बिदाका दिनपनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं : सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो प्रावधान ल्याएको हो ।

राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न बिहान १०ः०० देखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

प्रतिक्रिया