Pura Samachar

दक्षिण अफ्रिका महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा

प्रकाशित: February 25, 2023
पूरा समाचार

दक्षिण अफ्रिका महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा

काठमाडौं । आयोजक दक्षिण अफ्रिकाले जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राती भएको दोस्रो सेमिफाइनल खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई ६ रनले पराजित गरि दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

आईतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई पराजित गरि साबिक विजेता अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया