Pura Samachar

राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दै

प्रकाशित: February 26, 2023
पूरा समाचार

राष्ट्रिय सभाको बैठक आज  १ बजे बस्दै

काठमाडौँ– राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

सोहीअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेश गर्नेछिन् ।

त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा.गौतमको भनाइ छ ।

प्रतिक्रिया