
एजेन्सी – शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा अल्मेरियासँग स्तब्ध बनेको छ । बार्सिलोना घरेलु टोली अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो ।बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफका इएल विलाल टोउरेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पावर हर्स स्टेडियम अल्मेरियामा आइतबार राति भएको खेलमा विलालले २४औं मिनेटमा लुइस सुआरेजको पासमा गोल गर्न सफल भएका थिए ।
त्यही गोल नै बार्सिलोनालाई स्तब्ध पार्न निर्णायक बन्यो । एक गोलले पछि परेको बार्सिलोनाले ७२ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि अल्मेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन ला लिगामा दोस्रो हार भोग्न पुग्यो ।
बार्सिलोना यसअघि १६ अक्टोवर २०२२ मा बार्सिलोनासँग ३–१ ले पराजित भएको थियो । यस हारसँगै बार्सिलोनाले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ ।
शीर्षस्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट १९ जित, समान २ बराबरी र हारबाट ५९ अंक छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अघि छ । बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंक जोडेर १५औं स्थानमा छ ।
प्रतिक्रिया