
काठमाडौं ।
यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज आफ्नो चौथो खेलमा आज मंगलबार मलेसियासँग खेल्दै छ।नेपाल मलेसिया बिचको खेल आज १० :४५ बाट सुरु हुने छन्।आजको खेलको लाईभ भने हुने छैन।
तेस्रो खेलमा हङकङले दिएको १२१ रनको सामान्य रनको लक्ष्य पाएको नेपालले मात्र २२ ओभरमा १ विकेट गुमाएर भेट्टायो।नेपालले हङकङ लाई ९ विकेटले हराएको थियाे।
१२१ रनको विजय लक्ष्य पछ्याएको नेपालको लागि आकाश त्रिपाठीले अर्धसतक प्रहार गरेको छ।आकाश त्रिपाठीको यो विश्वकपको एसिया छनोटको दोस्रो अर्धसतक हो।नेपालको जितमा उनले ७२ बलमा ६४ रनमा अविजित रहे।यस क्रममा उनले ५ चौका र चार छक्का प्रहार गरेका छन्।
नेपालका लागि अर्जुन कुमालले १२ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा आउट भएका थिए।उत्तम रंगु थापा मगरले ५० बलमा ४ चौकाको मद्दतले ३९ रनमा अविजित रहे ।
हङकङ विरुद्ध टस जितेर पहिले फिल्डिङ गरेको नेपालले बलिङमा सुरु देखि नै राम्रो सुरुवात गरेको थियो। हङकङ ५० ओभरको खेल ४६.३ ओभरमा खेल्दै १२० रनमा अल आउट भएको हो।
हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए र आकाश चन्द र सुवास भण्डारीले २–२ विकेट लिए । दिपेश कँडेलले १ विकेट लिए ।
हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।ल प्रतियोगितामा नेपालसहित सिंगापुर , कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीत छ।
नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
प्रतिक्रिया