Pura Samachar

सेयर बजार कारोबार दाेहाेराे अंकले घटयाे, १९९५.४९ विन्दुमा

प्रकाशित: March 1, 2023
पूरा समाचार

सेयर बजार कारोबार दाेहाेराे अंकले घटयाे, १९९५.४९ विन्दुमा

काठमाडौं – साताको चौथो दिनकाे सेयर बजार कारोबार दाेहाेराे अंकले घटेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ।

प्रतिक्रिया