Pura Samachar

मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

प्रकाशित: March 3, 2023
पूरा समाचार

मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ  बाँडफाँट

काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ।

यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ।  जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन।

कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो।

सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

प्रतिक्रिया