
काठमाडौं । घरेलु टोली भारतलाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले शुक्रबार आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । अष्ट्रेलियाविरुद्ध फाइनलमा कसले प्रतिस्पर्धा गर्छ अझै टुंगो लागेको छैन ।
प्याट कमिन्सको कप्तानीमा रहेको अष्ट्रेलियाले विश्व टेष्ट च्याम्पियनसिपको २०२१–२३ मा १८ मध्ये ११ टेष्ट खेल जितेको छ । चार खेल बराबरी खेलेको छ । तीन खेलमात्र हारेको छ । अष्ट्रेलियाले पछिल्लो पटक भारतमाथि ९ विकेटको विजय हासिल गरेको हो ।
इन्दोरस्थित होल्कर क्रिकेट मैदानमा पाहुना टोली अष्ट्रेलियाका स्पिनर नाथन लियोनले उत्कृष्ट प्रदर्शन गरेपछि भारतका कुनै पनि ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।
प्रतिक्रिया