Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

प्रकाशित: March 3, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडाैँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।

लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ।

लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ। यस पटकको लिगमा कुल १८२ खेल हुनेछन्।

लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

फेयर प्ले टोलीले ३ लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया