Pura Samachar

एफसी खुमलटारकाे सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत

प्रकाशित: March 4, 2023
पूरा समाचार

एफसी  खुमलटारकाे सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत

यता नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।त्रिपरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।  खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच चुनिए  ।तर, फ्रेन्ड्सविरुद्ध जित निकाल्दा खुमलटारलाई ८९ औं मिनेटसम्म कुर्नु पर्यो । जया गुरुङको पासमा ओलुमोउले उत्कृष्ट गोल गरे ।

त्यसअघि दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।खेलको ७२ औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।

७५ औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेन्ड्सका गोलकिपर राजा बाबु थापाले मुश्किलले बचाए ।

जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । खुमलटार अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।खुमलटार ‘बी’ डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । फ्रेन्ड्सले २०३२ देखि माथिल्लो डिभिजन लिग खेलिरहेको छ ।

प्रतिक्रिया