
काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे ।
पुलिसका रबि पासवानले एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने पुलिसले लिएको थियो ।
खेलको १४ औं मिनेटमा रबिले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २-१ को जित दिलाए ।
जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ ।
चर्च ‘बी’ डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
पुलिसले हारबाट लिगको सुरुआत गरेको छ ।
प्रतिक्रिया