Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज तीन खेलहरु हुँदै ,पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने

प्रकाशित: March 8, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:  आज  तीन खेलहरु हुँदै ,पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो चरणको लिग अन्तर्गत बुधबार दुई खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र  एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो ।

हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

मनाङ पहिलो जितको योजनामा रहेको छ । मनाङले पहिलो खेलमा हिमालयनसँग बराबरी खेलेको थियो । संकटा पनि पहिलो जितको खोजीमा हुनेछ । संकटाले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो ।

सातदोबाटो समेत दोस्रो जितको योजनामा रहेको छ । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया