
सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा हिमलायन शेर्पाले विभागीय टिम नेपाल पुलिस क्लबमाथि १–०को जित निकाल्यो।
बराबरीतर्फ उन्मूख खेलमा हिमालयन शेर्पालाई जित दिलाउन दोस्रो इन्जुरी समयमा अमृत श्रेष्ठले निर्णायक गोल गरे। त्यसपछि गोल नहुँदा हिमालयन शेर्पा विजयी भयो।
त्यसअघि पहिलो हाफमै हिमलायन शेर्पाले गोल गर्ने अवसर खेर फालेको थियो। ३२ मिनेटमा प्राप्त पेनाल्टीमा निशान लिम्बू प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बताएका थिए।
लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा उसले मनाङ मर्स्याङदी क्लबसँग बरारबी खेलेको थियो। यता, पुलिसका भने यो लागातार दोस्रो हार हो।
सातदोबाटो युथ क्लबले लागतार दोस्रो जित निकालेको छ। बुधबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले विभागीय टिम एपिएफ क्लबमािथ १–०को जित निकालेको हो।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५५औं मिनेटमा सतदोबाटोले अग्रता लियो। उसका विदेशी खेलाडी विलियम एसिडुले गोल गरेका थिए।
एसिडु खेलको प्लेयर अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ। पहिलो खेलमा सातदोबाटोले एनआरटीलाई हराएको थियो। पहिलो खेलमा थ्री स्टारलाई हराएको एपिएफको यो पहिलो हार हो।
प्रतिक्रिया