Pura Samachar

डेभिड र समिक्षाको स्वरमा ‘चौतारीमा…’ (भिडियोसहित)

प्रकाशित: October 6, 2020

डेभिड र समिक्षाको स्वरमा ‘चौतारीमा…’ (भिडियोसहित)

डेभिड शंकर र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चौतारीमा…’ सार्वजनिक भएको छ । माधव ढकालको शब्द, दीपक शर्माको सङ्गीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा डेभिड र समिक्षा नै फिचर्ड हुनुहुन्छ । निश्चल पौडेलको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहेनतबाट एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, आशा छ सबैले मन पराइदिनुहुने छ’,  डेभिडले भन्नुभयो । भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया