नेपालमा पहिलो पटक आगोसम्बन्धी म्युजिक भिडिओ बनेको छ।
आगलागी कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने सन्देश बोकेको गीत बजारमा आएको हो।
किशोर कुमार भट्टराईको शब्द चन्दन श्रेष्ठको संगीत, किरण कँडेलको एरेन्ज रहेको उक्त गीतमा यमन श्रेष्ठको स्वर रहेको छ।
वरिष्ठ कलाकार मह जोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै सुशील पोखरेल, यमन श्रेष्ठ, किशोर कुमार भट्टराई लगायतले उक्त भिडिओमा अभिनय गरेका छन्।
राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको उक्त भिडिओलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया