
काठमाडौँ — मार्टिन्स अजयीले दोस्रो हाफमा गरेको २ गोलको मद्दतमा थ्रीस्टारले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा शुक्रबार खुमलटारलाई २–० ले हराएको छ । यस लिगमा थ्रीस्टारको यो पहिलो जित हो । ललितपुरको सातदोबाटोमा भएको खेलका अजयीले ५४ र ८३ औं मिनेटमा गोल गरे । थ्रीस्टारको यो जितपछि ४ अंक भएको छ । एपीएफविरुद्धको पहिलो खेल गुमाएको थ्रीस्टारले त्यसपछि फ्रेन्ड्ससँग बराबरी खेलेको थियो ।
खुमलटारको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा फ्रेन्डसलाई हराएयता खुमलटार लगातार दुई खेलमा पराजित भएको छ । यससँगै खुमलटार ३ अंकमै सीमित रह्यो ।
प्रतिक्रिया