
काठमाडौँ । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले राम्रो शुरुवात गरेको छ ।
खेलको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिंगमा ४८० रन बनाएर अल आउट भएको छ ।
अस्ट्रेलियाका लागि उसमान ख्वाजाले १८० रन तथा क्यामरुन ग्रीनले ११४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै टोड मर्फीले ४१, कप्तान स्टिभ स्मिथले ३८, नाथन लियोनले ३४ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर आर आश्विनले ६ विकेट लिए भने मोहमद सामीले २, रविन्द्र जडेजा र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
अब भारतले आफ्नो पहिलो इनिंग केहीबेरमा शुरु गर्दै छ ।
प्रतिक्रिया