
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
शनिबार बिहान नौ बजे एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै ।
बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।
राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया