Pura Samachar

सातदोबाटो युथ क्लब लगातार तेस्रो जित

प्रकाशित: March 11, 2023
पूरा समाचार

सातदोबाटो युथ क्लब लगातार तेस्रो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार तेस्रो जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोलाई जित दिलाउन दीपक राज ठकुरीले निर्णायक गोल गरे ।

दीपकले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । उनले निरज चौधरीको पासमा गोल गरेका हुन् ।

दीपकको लिगमा यो तेस्रो गोल हो । उनी खेलको म्यान अफ द म्याच चुनिए ।

जितसँगै सातदोबाटो लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोले ३ खेलमा ९ अंक जोडेको छ ।

फ्रेन्ड्सको यो दोस्रो हार हो । फ्रेन्ड्सले ३ खेलमा १ अंक जोडेको छ ।

प्रतिक्रिया