Pura Samachar

उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

प्रकाशित: March 12, 2023
पूरा समाचार

उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । उपराष्ट्रपतिका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धन दलबाट ३ र नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपतिमा मनोनयनका लागि हिजो बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । अन्तिम नामावली भने आज प्रकाशन गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धन दलबाट जनता समाजवादी पार्टीका  रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् । यस्तै सत्तामै रहेको अर्को दल जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।

रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै दुईवटा उजुरीसमेत परेका छन् ।

प्रतिक्रिया