Pura Samachar

म्यानचेस्टर सिटीकाे झिनो जित

प्रकाशित: March 12, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीकाे  झिनो जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित दर्ता गरेको छ ।

सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको हो । सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउनल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् । प्रिमियर लिगमा हालान्डको यो २६औं खेलमा २८औं गोल हो । उनले ५ असिस्ट पनि प्रदान गरेका छन् ।

यस जितले सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी २ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको २६ खेलमा ६१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ । पराजित क्रिस्टल प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ ।

प्रतिक्रिया