Pura Samachar

टि२० विश्वकप विजेता इंग्ल्यान्ड घरेलु टोली बंगलादेशसँग लगातार दोस्रो खेलमा पराजित

प्रकाशित: March 13, 2023
पूरा समाचार

टि२० विश्वकप विजेता इंग्ल्यान्ड घरेलु टोली बंगलादेशसँग लगातार दोस्रो खेलमा पराजित

एजेन्सी – साविक टि२० विश्वकप विजेता इंग्ल्यान्ड घरेलु टोली बंगलादेशसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । दोस्रो टि२० आई खेलमा बंगलादेश ४ विकेटले विजयी हुँदै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा ओपनर नाज्मुल हसन सान्टो ४७ बलमा ३ चौकासहित सर्वाधिक ४६ रनमा अविजित रहे ।

मेहेदी हसन मिराज १६ बलमा २ छक्कासहित २० रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका जोफ्रा आर्चरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । साम करन, रेहान अहमद र मोईन अलीले एक एक विकेट लिए ।

त्यसअघि शेरे बंगला नेशलन स्टेडियम मिरपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड २० ओभरमा १ सय १७ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन डकेटले २८ बलमा २ छक्कासहित सर्वाधिक २८ रन बनाए । ओपनर फिलिप साल्ट १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।

डेविड मलान ५, मोईन अली १५, जस बटलर ४, साम करन १२ र रेहान अहमद ११ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराजले ४ ओभरमा १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

तस्किन अहमद, मुस्ताफिजुर रहमान, अहमन मोहम्मद र सकिब अल हसनले एक एक विकेट लिए । पहिलो खेलमा बंगलादेश ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० आई खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया