Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आजबाट चौंथो चरणका खेलहरु सुरु हुँदै

प्रकाशित: March 13, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आजबाट चौंथो चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबारबाट चौंथो चरणका खेलहरु सुरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र खुमलटारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

हिमालयन आज दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार ३ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै रंगशालामा रोयल ब्लु सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

सातदोबाटो लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । सातदोबाटो ३ खेलमा ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ  ।

थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ  ।  थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया