Pura Samachar

आगामी जुन ७ बाट ओभलमा सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले अस्ट्रेलियाविरूद्ध खेल्ने

प्रकाशित: March 13, 2023
पूरा समाचार

आगामी जुन ७ बाट ओभलमा सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले अस्ट्रेलियाविरूद्ध खेल्ने

पहिलो टेस्टमा न्युजिल्यान्डसँग २ विकेटले सोमबार पराजित भएसँगै श्रीलंकाको विश्व टेस्ट च्याम्पियनसिपको शीर्ष दुई पर्ने सम्भावना सकिएको छ।

श्रीलंका शीर्ष दुईको दौडबाट बाहिरिएसँगै भारतको शीर्ष दुईमा स्थान पक्का भएको छ।

अब आगामी जुन ७ बाट ओभलमा सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले अस्ट्रेलियाविरूद्ध खेल्ने भएको छ।

भारत  र अस्ट्रेलियाबीच अहमदाबादमा जारी चौथो टेस्टको खेल नसकिँदै भारतको विश्व टेस्ट च्याम्पियनसिपमा स्थान पक्का भएको हो।

यसअघि सन् २०२१ मा भारत र न्युजिल्यान्डबीच पहिलो टेस्ट च्याम्पियनसिपको फाइनल भएको थियो। जहाँ भारत पराजित भएको थियो।

प्रतिक्रिया