Pura Samachar

सेयर बजारमा पुन: लगातार गिरावट ,घटेर १९५१.२१ बिन्दुमा

प्रकाशित: March 13, 2023
पूरा समाचार

सेयर बजारमा पुन: लगातार गिरावट ,घटेर  १९५१.२१ बिन्दुमा

काठमाडौं- सुधारमा जाने अपेक्षा गरिएको सेयर बजारमा पुन: लगातार गिरावट देखिएको छ। गएको साताको अन्तिम दुई कारोबारले उच्च अंकतर्फको आश जगाए  पनि बजारले त्यही गति समात्न सकेको छैन। बजार लगातार उतारचढावमा देखिन्छ।

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेर बजार १९७५.८९ बिन्दुमा झरेको थियो। सोमबार २४.६८ अंकले घटेर बजार १९५१.२१ बिन्दुमा झरेको छ।

पछिल्लो समय कारोबार रकममा समेत कमी आइरहेको देखिन्छ। सोमबार २४ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १६ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ।

गएको साता पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेको बजारमा मंगलबारको दोस्रो कारोबारमा सुधार देखिएको थियो। मंगलबार १४.४१ अंकले बढेको बजार बिहीबार ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा पुगेको थियो।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। लामो समयदेखि १९०० को बिन्दुबाट तल लागेको बजार २००० को बिन्दुमाथि जाने र फेरि उही बिन्दुमा झर्ने गरिरहेको छ। बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा सीमितको चलखेल भइरहेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया