Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज तीन खेलहरु हुँदै

प्रकाशित: March 14, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज  तीन खेलहरु हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार तीन खेलहरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ ।  चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल ३ खेलमा ७९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ  ।

फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ  ।  फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

पुलिस पहिलो अंकको खोजीमा रहेको छ । तीन खेलमा अंक विहीन पुलिस पुछारमा रहेको छ ।

प्रतिक्रिया