Pura Samachar

स्टेभेन स्मिथले अस्ट्रेलियाको एकदिवसीय क्रिकेट टिमको पनि कप्तानी गर्ने ,भारतबीचको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुँदै

प्रकाशित: March 14, 2023
पूरा समाचार

स्टेभेन स्मिथले अस्ट्रेलियाको एकदिवसीय क्रिकेट टिमको पनि कप्तानी गर्ने ,भारतबीचको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुँदै

काठमाडौँ- स्टेभेन स्मिथले अस्ट्रेलियाको एकदिवसीय क्रिकेट टिमको पनि कप्तानी गर्ने भएका छन् । भारतविरुद्ध पछिल्ला दुई टेस्ट सिरिज गुमाएका कप्तान प्याट कमिन्स टिममा नफर्किने भएपछि स्मिथले एकदिवसीयको पनि कप्तानी गर्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

स्मिथले भारतविरुद्धको अन्तिम दुई टेस्टमा पनि कप्तानको भूमिका निर्वाह गरेका थिए । चार खेलको टेस्ट सिरिज भने भारतले २-१ ले जितेको थियो ।

 

अब स्मिथले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पनि कप्तानकै रुपमा रहने छन् । अस्ट्रेलिया र घरेलु टोली भारतबीचको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुँदैछ ।

आरोन फिन्चले कप्तानी छाडेपछि कमिन्स गत वर्ष एकदिवसीयको कप्तान बनेका थिए ।

प्रतिक्रिया