Pura Samachar
  • सासु बुहारीबीचको सम्बन्ध गीतमा लिएर आए डीआर (भिडियोसहित)

    प्रकाशित: २ हप्ता पहिले

    सासु बुहारीबीचको सम्बन्ध गीतमा लिएर आए डीआर (भिडियोसहित)

    कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी…’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

    उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

    सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

    उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।

    प्रतिक्रिया