Pura Samachar

सुनचाँदीको मूल्यवृद्धि

प्रकाशित: March 16, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं- बुधबार स्थिर रहेको सुनचाँदीको मूल्य बिहीबार वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुईसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज एक हजार ३ सय पाँच रूपैयाँ कायम छ।

 

प्रतिक्रिया