Pura Samachar

नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट

प्रकाशित: March 16, 2023
पूरा समाचार

नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो ।

यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

प्रतिक्रिया