Pura Samachar

हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडे

प्रकाशित: March 16, 2023
पूरा समाचार

हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । हिमालयनको यो दोस्रो बराबरी हो ।

यस बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

संकटाको यो तेस्रो बराबरी हो । संकटाले ५ खेलमा ६ अंक जोडेको छ।

प्रतिक्रिया