Pura Samachar

सुनचाँदीको मूल्यवृद्धि

प्रकाशित: March 17, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं- यो साता लागातार उकालो लागेको सुनचाँदीको मूल्य शुक्रबार पनि वृद्धि भएको छ।

बिहीबार एक हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार चारसय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार एकसय रूपैयाँ कायम छ, जसको मूल्य बिहीबार प्रतितोला एक लाख ६ हजार ७ सय तोकिएको थियो।

बिहीबार प्रतितोला एक लाख ६ हजार दुईसय कायम रहेको रहेको तेजाबी सुनको मूल्य शुक्रबार एक लाख ६ हजार ६ सय तोकिएको महासंघले जनाएको छ।

चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रूपैयाँले वृद्धि भएर प्रतितोला एक हजार तीनसय १० रूपैयाँ कायम छ।

प्रतिक्रिया