Pura Samachar

याे साताकाे साप्ताहिक राशिफल

प्रकाशित: March 18, 2023
पूरा समाचार

याे साताकाे साप्ताहिक राशिफल

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च बढे पनि महŒवपूर्ण काममा प्रगति हुनाले मनमा प्रसन्नता नै होला । विशेष गरी व्यापारसँग सम्बन्धित नयाँ काममा लगानी हुन सक्छ । मद्दत गर्ने मित्रहरू भेट्टाउनुहुनेछ । शिक्षाको क्षेत्रमा भने अझैँ पनि प्रगति हुनुपर्ने बेला आएको छैन । बगलामुखीको दर्शन गरिरहनुहोस्

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साता राम्रो खालको छ । बाँकी रहेका धेरै काम बन्नेछन् । पढाइमा भने त्यति प्रगति देखिन्न । मित्रहरू पनि खर्च गराउने खालका भएकाले ठूलो मद्दत प्राप्त हुने आशा नगर्नुहोस् । व्यावसायिक कामबाट भने राम्रै फाइदा लिन सक्नुहुनेछ । जागिरतिरको अवस्था हाल सामान्य खालको मात्र छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका तीन दिन त्यति राम्रा छैनन् । बन्नुपर्ने कामहरू त्यसै थाती रहलान् । मङ्गलबार बेलुकीदेखि केही प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नु पर्ला । व्यावसायिक कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ । शनिश्चरको सेवा गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –त्यति राम्रो समय छैन। गोडामा कष्टको अनुभव भइरहला। शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस् । अल्झेका कामहरू बुधबारदेखि मात्र बन्न सक्छन्। परिवारबाट पाउनुपर्ने सहयोगमा भने त्यति कमी हुनेछैन। पढ्न र लेखनमा बढी समय दिनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मङ्गलबारसम्मका दिन राम्रा खालका छन् । आंशिक रूपमा भए पनि कामहरू बन्ने नै देखिन्छ । बुधबार र बिहीबार भने समस्या थप्ने खालका छन् । शुक्रबारका दिन कुनै गतिलो समाचार सुन्न पाउनुहुनेछ । सूर्यको दर्शन गरिरहनुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

 

यात्रा हुने समय छ तर त्यसबाट विशेष फाइदा भने लिन सक्नुहुनेछैन । विवाहसम्बन्धी कुरामा प्रगति देखिँदैन । लामो विदेश यात्राको सपना नदेख्नुहोस् । मनमा रहेको शङ्का र भय हटाउन भगवतीको दर्शन गर्नु आवश्यक छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या परेर पूर्वाद्र्धमा केही काम बिग्रे पनि उत्तराद्र्ध राम्रो खालको छ । पुराना बाँकी रहेका काम बन्नेछन् । पढाइमा भएको शिथिलता घट्ने क्रममा जाला । बौद्धिकस्तर बिस्तारै परिमार्जित हुँदै आएको छ । जागिरमा धेरै समस्या आउनेछन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

 

अलि–अलि काम बने पनि मनमा सन्तोष हुनेछैन । बाधा दिने धेरै छन् । सहयोग गर्नेको सङ्ख्या अत्यन्त न्यून छ । स्वास्थ्य पूरा सग्लो हुनेछैन । गणेशको दर्शन गर्न थालिहाल्नुहोस् । बुधबारको दिनमा भने अलिकति सन्तोष हुने काम होला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च घट्ने क्रममा छैन । सम्मान र प्रतिष्ठा पनि बढ्ने देखिन्न । आयस्तर भने पहिलेको भन्दा सप्रिएर आउला । मद्दत दिने मित्रहरू भेट्टाउनुहुनेछ । व्यावसायिक कामबाट सन्तोष नै हुनेछ । जागिरको क्षेत्रमा पनि प्रगति हुने देखिन्छ । स्वास्थ्यको स्थिति मध्यम रहला ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राम्रो खालको साता छ । सुरुमै भोजभतेर पर्नेछन् । मनोरञ्जन गर्न पनि सञ्चित धनको खर्च नै हुनेछ । केही महŒवपूर्ण काममा प्रगति भएको सुन्न पाउनुहुनेछ तर कार्यरूपमा परिणत हुन भने अझैँ पर्खनु पर्ला । शिक्षाको क्षेत्रमा गतिलै उपलब्धि हुन सक्नेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शनिबारको दिनमा बढी खर्च भए पनि आइतबारदेखिका दिन राम्रा खालका छन् । खर्च गरेअनुसार केही काम पनि बन्नेछन् । विशेष गरेर व्यवसायको क्षेत्रमा यतिखेर राम्रो छ । पढ्न र लेख्नमा बढी समय दिनुहोस् । राम्रो रचनाको सिर्जनासमेत हुनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो सातालाई मध्यम रूपमा लिन सकिन्छ । आय र व्यय बराबरै हुनेछ । स्वास्थ्यको स्थिति पनि मध्यम रहनेछ । व्यावसायिक क्षेत्रबाट सामान्य लाभ मात्र होला । पढाइमा भने प्रगति नै देखिन्छ । नारायणको दर्शन गरिरहनुहोस् र पीपलमा नित्य जल दान गर्नुहोस् ।

प्रतिक्रिया