Pura Samachar

तिलोत्तमा गोल्डकप फुटबल: सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुदै 

प्रकाशित: March 20, 2023
पूरा समाचार

तिलोत्तमा गोल्डकप फुटबल: सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुदै 

तिलोत्तमा — तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत साेमबार खेल विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुदै  । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिता विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, १ थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया