Pura Samachar

जनता समाजवादी पार्टीकाे मूल व्यवस्थापन समितिको बैठक बस्दै

प्रकाशित: March 21, 2023
पूरा समाचार

जनता समाजवादी पार्टीकाे मूल व्यवस्थापन समितिको बैठक  बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसकेको जनाएको छ ।

चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिइसकिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया