Pura Samachar

गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने:नेकपा एकीकृत समाजवादी

प्रकाशित: March 21, 2023
पूरा समाचार

गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने:नेकपा एकीकृत समाजवादी

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने भएको छ।

मङ्गलवार बसेको सचिवालय बैठकले गठबन्धन दलभित्र आफूहरूले पाएको मन्त्रालय सङ्ख्याको आधारमा निर्णय गर्ने भएको हो।

सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुङ्गो लगाएपछि पार्टीले निष्कर्ष निकाल्ने बताए। खनालले गठबन्धनभित्र भागबन्डाको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाए।

उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा लक्ष्यमा सरकारमा जाने ? सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ ।’

नेकपा एसका नेताहरूले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने बताएका छन्।

प्रतिक्रिया