Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: March 22, 2023
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौं, ८ चैत ।

सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैैयाँमा किनबेच भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया